आइतबार, जेठ ६, २०८१

नाकाहरुमा थप कडाइ गरेर उपत्यका भित्रको जनजीवन सुचारु गर्नुपर्छ : मेयर शाक्य

मेरोन्यूज २०७८ जेठ २७ गते १५:०१


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने नाकाहरुमा थप कडाइ गरेर उपत्यका भित्रको जनजीवन सुचारु गर्नुपर्ने बताएका छन् ।

Advertisement

मेयर शाक्यले निषेधाज्ञालाई एकैपटक नभई चरण चरण गरेर खुकुलो बनाउँदै लैजान सकिने बताए । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यका भित्रका ३ जिल्लामा निषेधाज्ञा लागु भएको ४३ दिन पुगेको छ । निषेधाज्ञाको कारण उपत्यकामा कोरोना संक्रमणको दरमा कमि आएको छ ।

प्रतिक्रिया