आइतबार, जेठ ६, २०८१

अमेरिकाले विश्वका ९२ देशलाई ५० करोड मात्रा फाइजर खोप दिने

मेरोन्यूज २०७८ जेठ २७ गते १२:४२

काठमाडौं । अमेरिकाले विश्वका ९२ देशलाई कोरोना भाइरसविरुद्धको ५० करोड मात्रा खोप आफै किनेर वितरण गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले कोरोना भाइरसविरुद्धको फाइजर खोपको ५० करोड मात्रा अबको दुई वर्षभित्र विश्वका विभिन्न देशलाई उपलब्ध गराउने तयारी रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएको छ ।

Advertisement

अमेरिकाले अहिले झण्डै २० करोड मात्रा उपलब्ध गराइने छ । अन्य खोप सन् २०२२ मा वितरण गर्ने अमेरिकाको तयारी छ । विश्वभर ५० करोड मात्रा खोप वितरण गर्ने योजनाबारे राष्ट्रपति कार्यालय ह्वाइट हाउसले औपचारिक रुपमा जानकारी दिन भने बाँकी नै छ ।

समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले विश्वका कम आय भएका ९२ देशलाई खोप वितरण गर्ने तयारी गरेको हो । विश्वका गरिब देशहरुलाई प्रदान गर्ने खोपको मात्रा बढाउन अमेरिकामाथि दबाब पछिल्लो समय दबाब दिदै आएका छन् । अमेरिकी राष्ट्रपति बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबिच आज भेटवार्ता हुने अमेरिकी हुदैछ ।

प्रतिक्रिया