आइतबार, जेठ ६, २०८१

स्वास्थ्यमन्त्री तामाङको सम्पति कति ?

मेरोन्यूज २०७८ जेठ २७ गते ११:४१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन् । स्वास्थ्य तथा मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार मन्त्री तामाङको नाममा सिन्धुपाल्चोकको सिन्धुकोट र मेलम्चीमा गरी झन्डै १८ रोपनी जग्गा रहेको छ ।

Advertisement

तामाङको नाममा काठमाडौंमा पनि ६ आना जति जग्गा रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। तामाङले पुर्ख्यौली र खरिद गरेको समेत गरी २२ तोला सुन रहेको पनि उल्लेख गरेका छन्। तामाङले आफूसँग नगद २ लाख १६ हजार रुपैयाँ बैंक मौज्दात रहेको पनि सम्पति विवरणमा उल्लेख गरेका छन्। तामाङको एभरेष्ट बैंक सिंहदरबार शाखामा तलब भत्ता बापतको २ लाख १६ हजार १ सय २५ रुपैयाँ रहेको छ । भने विभिन्न कम्पनीमा ५ लाख रुपैयाँको शेयर रहेको छ ।

प्रतिक्रिया