आइतबार, जेठ ६, २०८१

‘मनसुनसँगै आउने स्वास्थ्य समस्याको व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा छ’

मेरोन्यूज २०७८ जेठ २३ गते १३:४४


काठमाडौं । स्वास्थ्य मन्त्रालयले मनसुनको समयमा देखिने स्वास्थ्य समस्याहरुको सामना गर्न तयारी अवस्थामा रहन सबै निकायलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले विपत्तिको समयमा आउने विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको जानकारी दिए ।

Advertisement

वर्षा याममा डेंगु, मलेरिया, झाडापखाला, ज्वरो लगायतको स्वास्थ्य समस्या आउने हुदाँ ति समस्या समाधानका निम्ति स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको उनले जानकारी दिए । विपतबाट तुरुन्त उद्दार गर्नका लागि प्रत्येक स्थानीय तहमा र्‍यापिड रेन्स्पोन्स टिम गठन गर्नका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर राखिएको पनि उनले बताए ।


उनले भने ‘प्रत्येक स्थानिय तहमा ¥यापिड रेन्सपोन्स टिम कसरी गठन गर्ने भनेर स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य कार्यालयहरुलाई तालिम दिएर जनशक्ति तयारी अवस्थामा राखिएको छ । मनसुन सँगै झाडापखाला, ज्वरो, मलेरियाका बिरामी बढि देखिन्छन् । उपचारात्मक सेवा र प्रर्वद्धनात्मक सेवा सँगसँगै जानुपर्ने हुन्छ । स्थानीय तहमा रहेका द्रुत प्रतिकार्य समिति (र्‍यापिड रेन्पोन्स टीम), त्यहीबाट रेस्पोन्स गर्नुपर्नेछ ।’

प्रवक्ता पौडेलले आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा जानकारी दिए । उनले भने ‘डेंगु लगायतका विमारहरुलाई चाहिने एन्टिजेन किट, परिक्षण सामग्री, मलेरियाको आरडिटी, डेंगुको किट, झाडापखालाको लागि जीवनजल लगायत औषधीको व्यवस्थापन केन्द्रीय स्टोर, प्रदेशस्थित मेडिकल स्टोर र जिल्लाहरुसँगको समन्वयमा त्यो व्यवस्थापनको काम हुन्छ । त्या नियमित काम भित्रै हुन्छ ।’

प्रतिक्रिया