आइतबार, जेठ ६, २०८१

रोगभन्दा भोक ठूलो (फोटोहरू)

जुली गिरी २०७८ जेठ २२ गते १८:२२

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरले मानिसको जीवनमा ठूलो असर परेको छ । विगत साढे एक महिनादेखि काठमाडौँ उपत्यकासहित करिब देशभर निषेधाज्ञा लागु भएको छ ।

Advertisement

कोरोना महामारीका बीच सयौँ मानिसहरू आफ्नो भोक प्यास मेटाउन संर्घष गरिरहेका छन् । उनीहरू रोगभन्दा भोकको चिन्ताले गिजोलिएका छन् ।

यसैबीच केही संघसंस्थाहरूले भोका भएका मानिसहरूलाई सहयोग गर्दै आएका छन् । विशेष गरी मजदूर काम गर्दै आइरहेका मानिसहरू खाना खान दिन ठाउँहरूको खोजीमा विभिन्न स्थानमा पुगेका छन् । यसै क्रममा ‘युवा विद्यार्थी समूह’ले काठमाडौँका बसन्तपुर, परोपकार स्कुल नजिकका साथै ललितपुरका पाटनमा खाना खुवाउँदै आएका छन् ।

उनीहरूले सुरुमा सय जनालाई खाना खुवाउन थालेका थिए । खाना वितरण गर्ने क्रममा खाना खान खाउने मानिसहरू वृद्धि भएसँगै उनीहरूले अहिले दैनिक ५ सय जनालाई खाना खुवाउँदै आएका छन् । उनीहरूले गत हप्तादेखि खाना खुवाउन सुरु गरेका थिए ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया