आइतबार, जेठ ६, २०८१

पछिल्लो २४ घन्टामा संक्रमणभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी

मेरोन्यूज २०७८ जेठ २२ गते १८:००

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टाको अवधिमा ६८ जनाले ज्यान गुमाएका छन् ।

Advertisement

मन्त्रालयका अनुसार १६ हजार ८१४ परीक्षणमध्ये ११ हजार ४ सय ७१ पिसिआरबाट ३ हजार ५ सय ४० र ५ हजार ३ सय ४३ एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । जसमध्ये ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया