आइतबार, जेठ ६, २०८१

असार १ गतेदेखि विद्यालय सञ्चालन गर्ने वीरगञ्ज महानगरको निर्णय

अभिभावकहरुको प्रश्न : विद्यालय सञ्चालन गर्न मिल्ने गरी कोरोना नियन्त्रणमा आएकै हो र ?

मेरोन्यूज २०७८ जेठ २२ गते १२:४१

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले आगामी शैक्षिक सत्र असार १ गतेदेखि क्रमिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरले असार १ गतेदेखि विद्यार्थीको उपस्थिति गराएर कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो ।

Advertisement

शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पढाई सुरु गर्न पत्राचार गरिरसकेका छन् । विद्यालय सञ्चालन गर्न केही शर्तहरू पालना गर्नु पर्ने पत्रमा उल्लेख गरिएको छ । विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डहरू अनिवार्य पालना गर्नु पर्ने छ ।

वीरगञ्ज महानगरमा निजी र संस्थागत गरी २ सयभन्दा बढी विद्यालयहरू छन् ।

कोभिडका कारण देशका अधिकाशं क्षेत्र लकडाउनको मारमै रहिरहेका बेला वीरगञ्ज महानगरपालिकाले विद्यालय खोल्ने तयारी गरेको हो । विद्यालय सञ्चालन गर्न ७ वटा शर्तहरु पालना गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ ।

विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्न विद्यार्थीहरुको अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु (मास्क, साबुन, पानीले हात धुने व्यवस्था, सेनिटाइजर भौतिक दुरी, थर्मल गनले ज्वरो नाप्ने आदि) अनिवार्य पालना गर्नु पर्ने उल्लेख छ । महानगरकापालिकाले कोरोनाकोको प्रभाव क्रमशः घट्न थालेकोले विद्यालय खोल्दै जान लागिएको जनाएको छ ।

अभिभावकहरुले भने विद्यालय सञ्चालन गर्न मिल्ने गरी कोरोना नियन्त्रणमा आएकै हो र ? भन्दै प्रश्न गर्न थालेका छन् । महानगरले विद्यालय सञ्चालन गर्न परिपत्र गरेपछि अभिभावकहरु भने विद्यालय आफना बालवञ्चा पठाउने या नपठाउने भन्ने दुविधामा छन् ।

प्रतिक्रिया