आइतबार, जेठ ६, २०८१

बागमती प्रदेश सरकारलाई हुवासिन सिमेन्ट उद्योगले दियो स्वास्थ्य सामग्री

मेरोन्यूज २०७८ जेठ २१ गते १५:४६

काठमाडौँ । हुवासिन सिमेन्ट उद्योगले वागमती प्रदेश सरकारलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा सिमेन्ट उद्योग स्थापना गरिरहेको चिनियाँ कम्पनी हुवासिनले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई ८ थान अक्सिजन कन्सेप्टर र ५ सय थान एन्टिजेन किट उपलब्ध गराएको हो ।

Advertisement

कम्पनीले विज्ञप्ति प्रकाशन गरी महामारीका समयमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको जनाएको हो । उद्योगले यसअघि ५० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

धादिङ जिल्ला अस्पताल तथा सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाँउपालिकालाई पनि तीन दर्जन अक्सिजन सिलिण्डर उपलब्ध गराइएको उद्योगले जनाएको छ ।

उद्योगले कोरोना भाइरस (कोभिड १९) महामारीको प्रकोप चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्दै उपचारत कोरोना संक्रमितको स्वास्थ्य लाभ तथा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेको छ । उद्योगले थप स्वास्थ्य सामग्री नेपाल सरकारलाई उपलब्ध गराउन प्रयासरत रहेको जनाएको छ ।

प्रतिक्रिया