आइतबार, जेठ ६, २०८१

झापामा २४ घण्टाभित्र तीनको मृत्यु

मेरोन्यूज २०७८ जेठ २१ गते ११:५७

झापा । झापामा पछिल्लो २४ घण्टाभित्रैमा तीन जना संक्रमितको ज्यान गएको छ । गत २४ घण्टामा यहाँस्थित लाइफलाइन अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको हो ।

Advertisement

अस्पातलका कोभिड फोकल पर्सन डम्बर मोतेका अनुसार आज बिहान साढे ४ः०० बजे मोरङको उर्लाबारी–१ का ५२ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए । यसअघि बिहीबार दिउँसो साढे ४ः०० बजे पथरीशनिश्चरे–१० का ७० वर्षीय पुरुष र बिहान साढे ८ः०० बजे दमक–८ की ७० वर्षीया एक वृद्धाको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो ।

सो अस्पतालमा आज बिहानसम्म २५ कोरोना संक्रमित उपचाररत छन् । गत वैशाख १० गते यता सो अस्पतालमा मात्रै कूल नौ संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा कूल ७९ संक्रमित उपचारका लागि भर्ना भएका, १५ जनालाई अन्यत्र रेफर गरिएको छ भने २२ जना उपचारपछि निको भएका कोभिड फोकल पर्सन मोतेले बताए । रासस

प्रतिक्रिया