शनिबार, वैशाख ८, २०८१

बजेट घोषणा अनुसार खाद्यान्नमा २० प्रतिशत छुट दिन सुरु

मेरोन्यूज २०७८ जेठ २० गते १८:४५

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७८÷७९ मा राहत सहुलियत र आर्थिक पुनरुत्थानका लागि सरकारी निकायलाई निर्देशन दिएको छ ।

२०७८/७९ को बजेटको “राहात सहुलियत र आर्थिक पुनरुत्थान” कार्यक्रमको बुंदा नं. ५५ अनुसार खाद्य ब्यबस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट बिक्री हुने चामल, पिठो, दाल, नून, खानेतेल, चिनि तथा खाना पकाउने ग्यासको बिक्री मुल्यमा २० प्रतिश छुट दिने व्यवस्थाको कार्यान्वयन सम्बन्धी सूचना रहेको छ ।

बजेटमा अर्थमन्त्री विष्णु पौडेलले निषेधाज्ञा अवधीभर खाद्यका सामाग्रमा छुटको व्यवस्था हुनुपर्ने उल्लेख गरेका छन् । बजेटमा भएको व्यवस्थानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफू र साल्ट ट्रेनिङ कम्पनीबाट छुट दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

मौज्जादमा रहेका अरुवा मोटा चामल, अरुवा मकवानपुर, मसिनो चामल लगायत विभिन्न ९ किसिमका चामलहरु छुटमा दिइने छ । यस्तै कर्णालीको सिमी बढीमा २ किलोग्राम र अन्य चामल अधिकतम ३० किलोग्राम रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

काठमाडौँ उपत्यकाको हकमा थापाथली, रामशाहापथ, नख्खु र सुर्यविनायकमा रहेको बिक्रि कक्ष कम्पनीले सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया