आइतबार, जेठ ६, २०८१

नेपालमा नयाँ भेरियन्ट फैलिएको छैन : स्वास्थ्य मन्त्रालय

मेरोन्यूज २०७८ जेठ २० गते १६:३९


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा नयाँ भेरियन्ट फैलिएको हल्ला गतल भएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलका अनुसार नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ ।

Advertisement

अहिले यी भेरियन्टमध्ये डेल्टा (बी.१.६१७.२) संक्रमितमा देखिएको प्रवक्ता पौडेल बताए । नेपालमा कोरोनाको नयाँ भेरियन्ट फैलिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यममा चर्चा भएपनि त्यसको सत्यता नभएको उनले जानकारी दिए ।

उनले भने, ‘नेपालबाट गएका व्यक्तिमा डेल्टा बी।१।६१७।२ नयाँ भेरियन्ट देखिएको थियो होला, भारतीय भन्न खोजेको होला नयाँ भेरियन्टको नाम डेल्टा राखिएको छ ।’ विश्व स्वास्थ्य संगठनले समेत नेपाल भेरियन्ट भनेर नभनेको हुँदा विश्वास नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया