शुक्रबार, वैशाख ७, २०८१

जस्केलाबाट ल्याएको बजेटले सरकारको असली अनुहार देखायो : गगन थापा

मेरोन्यूज २०७८ जेठ १९ गते ११:१७

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम घुसाएर सरकारले आफ्नो असली रुप देखाएको बताएका छन् ।

सरकारले गत जेठ १५ गते अध्यादेशमार्फत सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७८–७९ को बजेटमा वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने उल्लेख छ ।

‘संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रमु घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ,’ यसको विरोधमा बुधबार बिहान थापाले ट्वीटरमा लेखे, ‘वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ प्रस्ट भएको छ, यो नीतिगत भ्रष्टाचार हो ।’

उनले आफ्नो यारलाई आफ्ना ुयारुलाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनः छर्लङ्ग भएको छ बताएका छन् ।

चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभूमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको हो बताउँदै उनले भने, ‘ यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्ने छौँ ।’

प्रतिक्रिया