सोमबार, वैशाख २४, २०८१

बाँकेमा आज सात संक्रमितको मृत्यु

मेरोन्यूज २०७८ जेठ १८ गते १७:२३

बाँके । कोरोना संक्रमणबाट बाँकेमा अहिलेसम्ममा ५८७ जनाको मृत्यु भएको छ । जिल्लाभित्रका २९५ र अन्य जिल्लाबाट आएका २९२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको बताइएको छ ।

Advertisement

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज ओलीका अनुसार आज मात्रै बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप सात कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबार ५ः३० बजे साँझदेखि मंगलबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ । ओलीका अनुसार मृतकमध्ये दुई/दुई जना बाँके र बर्दिया तथा कैलाली, सल्यान र रोल्पामा एक/एक गरी सात जना छन् ।

प्रतिक्रिया