आइतबार, जेठ ६, २०८१

वीरको नयाँ भवनमा कोरोना संक्रमितको उपचार सुरु

मेरोन्यूज २०७८ जेठ १८ गते १५:४३

काठमाडौं । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को नयाँ सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार सुरु गरिएको छ । ५०१ बेड क्षमताको भवनमा ५० बेडबाट उपचार सुरु गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले बताए ।

Advertisement

उनका अनुसार अस्पतालमा बुधबारदेखि १०० जनाको उपचार गरिने र यही हप्ता पूर्ण रुपमा सञ्चालन गरिने छ । भवनमा संक्रमितको उपचारका लागि ३०० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ । नयाँ भवन सञ्चालनमा आएसँगै ट्रमा सेन्टर र वीर अस्पतालको पुरानो भवनलाई भने ननकोभिड अस्पतालको रुपमा छुट्ट्याइएको छ ।

सरकारले देशभर कोरोना संक्रमितको उपचार गर्ने स्वास्थ्य संस्थाहरुको व्यवस्थापन गर्ने कोभिड युनिफाइड अस्पतालको रुपमा परिणत गरेको छ ।

प्रतिक्रिया