आइतबार, जेठ ६, २०८१

सरकारले तोकेका व्यक्तिले मात्र कोरोनाका विषयमा सञ्चारमाध्यममा बोल्न पाउने

मेरोन्यूज २०७८ जेठ १८ गते १४:५४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ महामारीसहित समग्र जनस्वास्थ्यका विषयमा तोकिएका आधिकारिक व्यक्तिबाहेक अरुलाई जानकारी दिन रोक लगाउने निर्णय गरेको छ ।

Advertisement

मन्त्रालयमा सोमबार बसेको बैठकले सरकारका विभागीय मन्त्रीहरु वा मन्त्रालयले तोकेका पदाधिकारीहरुबाहेकले आधिकारिक जानकारी वा पुष्ट्याइँ गर्न नपाउने निर्णय गरेको हो ।

जनस्वास्थ्यका विषयमा असम्बन्धित व्यक्तिले सञ्चारमाध्यममा बोल्ने वा टिप्पणी गर्ने गरेकाले यसले नागरिकलाई भ्रमित बनाएको भन्दै यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । सरकारले तोकेका बाहेक व्यक्तिबाहेकले दिएको जानकारी प्रकाशन तथा प्रसारण नगर्न पनि मन्त्रालयले सञ्चारमाध्यमहरुलाई सूचित गरेको छ ।

प्रतिक्रिया