आइतबार, जेठ ६, २०८१

विश्व स्वास्थ्य संगठनले दियो कोरोना भाइरसका भेरियन्टलाई नयाँ नाम

मेरोन्यूज २०७८ जेठ १८ गते ८:४४

काठमाडौं । विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले अहिले फैलिएको कोरोनाको नयाँ भेरियन्टको छुटाछुटै नाम राखेको छ ।

Advertisement

डब्लुएचओले ग्रिक अल्फाबेटअनुसार ती भेरियन्टको नामाकरण गरेको हो । वैज्ञानिक नाम उच्चारण गर्न कठिन हुने र जुन देशमा भेटिएको हो त्यही देशको नाममा भेरियन्टको नाम राख्दा उक्त देशलाई कलंक लगाएजस्तो हुने भएकाले नयाँ नाम राख्ने निर्णय भएको डब्लुएचओले जनाएको छ ।

अब बेलायतमा भेटिएको भेरियन्टको नाम अल्फा, ब्राजिलको गामा, दक्षिण अफ्रिकाको बेटा र भारतमा भेटिएको भेरियन्टको नाम डेल्टा राखेको छ ।

अब नयाँ भेरियन्ट भेटिए ग्रिक अल्फाबेटको क्रम अनुसार तिनीहरूको नामाकरण हुँदै जाने डब्लुएचओले उल्लेख गरेको छ ।

डब्लुएचओका अधिकारीहरूले लामो समयको छलफलपछि ग्रिक अल्फाबेट अनुसार नयाँ भेरियन्टको नाम राख्ने निर्णय गरेका हुन्। नेपालमा फेला परेका यी भेरियन्टलाई पनि डेल्टा र कप्पा देखिसकेको छ ।

यसअघि भारतले आफ्ना नागरिकलाई सामाजिक सञ्जालबाट भारतीय भेरियन्ट लेखेका पोष्ट हटाउन लगाएको थियो ।

स्वास्थ्य विज्ञहरुले पनि कुनै ठाउँका आधारमा राखिने नामले सधैं भाइरसको उत्पतिबारे बताउँछन् भन्नेचाहिँ नहुने बताउँदै आएका छन् ।

प्रतिक्रिया