आजको राशिफलः ज्येष्ठ १८ गते मंगलबार

काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको १८ गते मंगलबार, ज्येष्ठ कृष्णषष्ठी तिथि । अब लागौं आजको राशिफलतर्फ
मेष
भाग्यको साथ रहेकाले आम्दानीमा बृद्धि हुन पुग्ने छ । कतिपय अवस्थामा प्रतिफल नै प्राप्त नहुने विषयमा मेहनत गर्न मन लागि पराक्रमी स्वाभाव बन्न जाने छ । पेशागत जीवनमा आँटेका कामहरुमा सफलता प्राप्त हुने छ । तर आफुले खेलेको भुमिका अनुसार कदर भने हुने छैन । कतिपय अवस्थामा बोली आवश्यकता भन्दा अप्रत्याशित कडा देखा पर्ने भएकाले यसबारेमा विचार पु¥याउनु होला । विश्वविद्यालय, बोडिङ्ग स्कूल, कलेज तथा शिक्षा क्षेत्र, अध्ययन अध्यापन, परामर्श आदी जस्ता क्षेत्रमा सक्रियहरुलाई फाईदा मिल्ने छ ।
वृष
आत्माबल उच्च भएको दृढ ब्यक्तित्व हुने छ । योसँगै रिसाहा ब्यक्तित्व हुने भएकाले संयमित रहने प्रयास गर्नु होला । समग्रमा आम्दानीमा बृद्धि हुन जाने छ । पेशागत जीवन औसतमा शुभ अवस्थामा रहने छ । तर साझेदारीमा गरिएका कामहरुमा भने समस्याहरु दखा पर्न थाल्ने छ । बोलीमा पनि कडापन देखिने भएकाले यसबारेमा सतर्क रहँदा उपयुक्त हुने छ । छालाजन्य वस्तुको कारोवार, भैंसीपालनमा लागेकाहरु, उद्योग, कलकारखाना, ढुवानीका सवारीसाधन, औषधी ब्यापार, मेडिकल पसल, ठेक्कापट्टामा संलग्नहरुलाई शुभ हुने छ ।
मिथुन
रिस पनि असाध्यै धेरै उठ्ने भएकाले यसबारेमा संयमित रहनु पर्ने समय छ । मनमा उदासिनता देखा पर्ने छ । मनोबल उच्च हुने भएकाले कसैले हेप्न सक्ने छैनन् । कसैसँग नडराउने ब्यक्तित्व हुने छ । असाध्यै कडाखाले ब्यक्तित्व हुने भएकाले आफु भन्दा सानाले भन्नु पर्ने कुराहरु पनि स्पष्ट रुपमा भन्न हिच्किचाउने छन् । जीवनसाथिको सल्लाह लिएर काम गरेमा फाईदा मिल्ने छ । राजनीति, ठेक्कापट्टा, प्रशासन, न्याय क्षेत्र, उद्योग कलकारखाना, श्रम क्षेत्र आदीमा संलग्नहरुलाई समय प्रतिकुल बन्न पुगेको छ ।
कर्कट
अलि सतर्क रहनु पर्ने समय छ । बादबिबाद तथा अवरोधहरु एकपछि अर्काे गर्दै सामना गर्नुु पर्ने भएकाले मानसिक रुपमा यसबारेमा तयार रहनु होला । सन्तान सुख प्राप्त हुने छैन् भने भित्रि बुद्धि मन्द हुन पुग्दा मन्द ब्यक्तित्व बन्न पुग्ने छ । रोजगारी तथा तथा व्यवसायमा समस्या देखा पर्न जाने छन् । साझेदारीमा गरिएका काममा पनि समस्याहरु देखा पर्ने छन् । समय प्रतिकुल रहेकाले गर्न खोजेको काममा ढिला गरि मात्र प्रगति हुने छ । अध्ययन अध्यापन, प्रेस जगत, स्टेशनरी, शिक्षा क्षेत्र, लेखन, होटल, रेष्टुरेण्ट, आदीमा संलग्नहरुले धैर्यता अपनाउनु पर्ने समय छ ।
सिंह
आम्दानीमा बृद्धि हुने छ । थोरै मेहनतबाट पनि धेरै फाइदा मिल्न पुग्ने छ । तर मनमा भने अत्याधिक धेरै दुविधाहरु एकपछि अर्काे गर्दै आउने छन् । साझेदारीमा गरिएका काममा बिबाद देखिने छ । भाग्यको साथ रहेकाले मनोबल बलियो हुने भएकाले परिस्थिति संम्हालिने छ । साझेदारहरु बीच टकरावको अवस्था आउने छ ।संचारकर्मी, पत्रकारिता, सञ्चार क्षेत्र, बजारीकरण, ब्यवस्थापन, ब्यापार विजनेश आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने समय छ ।
कन्या
भाग्यको साथ रहेकाले बाणिज्य, ब्यापार तथा ब्यवसायमा संलग्नहरुलाई फाईदा मिल्ने छ । खासगरी भाग्यको साथ रहेकाले पेशागत जीवनमा उन्नति हुने जाने छ । साझेदारीमा गरिएका कामहरुमा भने उल्झन देखा पर्ने जाने छ । पेशा ब्यवसाय प्रति भरपुर साहस आउने छ । परिवारको साथले गर्दा कर्मशिलतामा बृद्धि हुन जाने छ । औषधिको कारोवार, वाणिज्य, पत्रकारिता, ब्यवस्थापन, सजावटका सामान, अस्पतालका सामानको आपूर्ति आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई लाभ मिल्ने छ ।
तुला
समय प्रतिकुल रहेकाले संयमित रहनु होला । भाग्यको साथ नरहेकाले संघर्ष धेरै तर प्रतिफल कम प्राप्त हुँदा मनमा निराशा आउने छ । धेरै जोखिमपूर्ण काममा हात हाल्न समय छैन् । पेशागत जीवनमा केही समस्याहरु उत्पन्न हुने भएकाले तीसँग जुध्नु पर्ने हुन्छ । आम्दानीमा गिरावट आउने छ । पेशागत जीवनक विषयले मनमा असाध्यै तनाव सृजना गराई दिने छ । जीवनसाथिको साथसहित काम गरेमा केही राहत मिल्ने छ । उच्च ब्यवस्थापक, वाणिज्य, पत्रकारिता, सञ्चार जगत, राजनीति, बजार ब्यवस्थापन, लेखन, स्टेशनरी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ ।
वृश्चिक
संयमित भएर पाइला चाल्नु होला । जीवनप्रतिको रहको उत्साहमा कमि आउने छ । भाग्यको साथ नरहनाले अनावश्यक क्षेत्रमा मेहनत खेर जाने छ । मनोबलको पनि कमि हुन जाने छ । शारीरिक थकान धेरै देखा पर्ने छ । मांसपेशी दुख्ने र रगतसम्बन्धी समस्याले दुःख दिने छ । साथै मनमा निराशाजनक भावले सताउने थाल्ने छ । घर जग्गाको कारोवार, सौन्दर्य प्रशाधनको ब्यापार, होटल, रेष्टुरेण्ट, डान्स बार, सजावटका सााग्रीहरुको कारोवार, व्युटिपार्लर आदी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय अनुकुल छैन् ।
धनु
बोलीमा कडापन आउने हुँदा आफैलाई घाटा हुन जाने छ । परिवारमा झगडा देखा पर्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा भने केही बलियोपना देखिएकाले असजिलो परिस्थितिमा पनि नडराउने दृढता देखा पर्नेछ । पेशागत जीवनमा बिबाद देखा पर्न जाने र शत्रुतामा बृद्धि हुने भएकाले पेशागत जीवनमा संयमित भई पाइला चाल्नु होला । ब्यापार विजनेश गर्नेहरुले अहिले धेरै जोखिम उठाउने बारेको निर्णय लिने बेला छैन् । जागिरमा रहेकाहरुको हकमा समय केही औसत देखिन्छ ।, पत्रकारिता, स्टेशनरी, पुस्तक प्रकाशन, वाणिज्य ब्यापार जस्ता क्षेत्रमा सक्रियहरुलाई समय अनुकुल छैन् ।
मकर
अत्यन्त कडा प्रकृतिको ब्यक्तित्व हुन पुग्दा विषयवस्तु बिग्रिन पुग्ने भएकाले यसबारेमा ध्यान दिनु होला । रिस पनि धेरै उठ्ने भएकाले संयम रहनु होला । परिवारमा झगडा वा कटुता देखा पर्ने छ । मनमा उदासिनता बढि हुने छ । दाम्पत्य जीवनमा राम्रो गर्न खोज्दा खोज्दै पनि नकारात्मक नतिजा आउने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले कसैसँग नदब्ने बानी भने हुने छ । स्टेसनरी, कलेज, बोडिङ्ग स्कुल, शैक्षिक संस्था, ब्यवस्थापन, नेतृत्व, ब्यवस्थापक जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल रहेकाले धैर्यता साथ पाइला चाल्नु होला ।
कुम्भ
परिवारका सदस्यहरुले विश्वास गर्ने छन् । पारीवारिक जिममेवारी लिनु पर्ने हुने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । मनमा भने निराशाले च्याप्ने छ । जसले गर्दा उत्साह र उमङ्गको कमि हुन जाँदा आलसी ब्यक्तित्व बन्ने छ । पेशागत जीवनमा पनि नसोचेका समस्याहरु देखा पर्ने भएकाले अत्यन्त संयमित भएर पाइला चाल्नु होला । जसले गर्दा आफ्नो पेशाप्रति वितृष्णा देखा पर्ने भएकाले पेशागत विषयमा मौन नै रहँदा उत्तम हुने छ । शिक्षा क्षेत्र, बौद्धिक पेशा, लेखन, प्रवचन, परामर्श जस्ता क्षेत्रमा संलग्नहरुलाई समय अनुकुल छ ।
मीन
मेहनत र पराक्रमी स्वाभाव हुने छ । आफ्नो लक्ष्य वा सपना पुरा गर्न सक्रिय हुने स्वाभावमा बृद्धि हने छ । भाग्यको साथ कम भएकाले ढिलो गरि मात्र नतिजा आँउने भएकाले मनमा धैर्यताको कमि हुने छ । तर धैर्य रहनु होला । जीवनसाथिको सल्लाहमा काम गरेमा फाईदा हुने छ । ब्यवसायिक जीवनमा धेरै जोखिपूर्ण निर्णय लिन मिल्न समय देखिँदैन् ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
प्रतिक्रिया