बुधबार, मंसिर २०, २०८०

जेठ २० पछि उपत्यकामा निषेधाज्ञा खुकुलाे गर्ने प्रशासनकाे तयारी

मेरोन्यूज २०७८ जेठ १७ गते २०:२२

काठमाडाैं । जिल्ला प्रशासन कार्यालयले काठमाडाैंले जेठ २० पछि उपत्यकामा निषेधाज्ञा खुकुलाे गर्ने तयारी गरेकाे छ । काेराेना संक्रमण बढेपछि उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएकाे थियाे ।

निषेधाज्ञाका क्रममा पनि संक्रमण नघटेपछि पछिल्लाे एक सातादेखि अत्यावश्यकबाहेक सम्पूर्ण क्षेत्र बन्द गराइएकाे थियाे । खाद्यान्न,डिपार्टमेन्टललगायत पसल बन्द गरिएकाे थियाे । त्यसअघि खाद्यान्न, डिपार्टमेन्ट, तरकारी, डेरी, मेडिकल बिहान ७ देखि १० बजेसम्म खाेल्न दिइएकाे थियाे ।

संक्रमण ओरालाे लाग्न थालेसँगै प्रशासनले निषेधाज्ञा खुकुलाे बनाउने तयारी थालेकाे जिल्ला प्रशासन कार्यालय काठमाडाैंले जनाएकाे छ ।

प्रतिक्रिया