बुधबार, मंसिर २०, २०८०

युवा संघको अध्यक्षमा किरण पौडेल चयन

मेरोन्यूज २०७८ जेठ १७ गते १७:५८

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल चयन भएका छन् । नेकपा एमालेको भातृ संगठन युवा संघको सोमबार बसेको सचिवालयको भर्चुअल बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो ।

नेकपा विभाजनपछि अध्यक्ष भएका वचनबहादुर सिंह आइतबारदेखि ४१ वर्ष उमेर पुगेकाले पौडेललाई अध्यक्ष बनाइएको हो । पौडेल यसअघि युवा संघको सहअध्यक्ष थिए ।

युवा संघको राष्ट्रिय सम्मेलन गरेर विधान संशोधन नहुन्जेल अब पौडेल नै अध्यक्ष रहने छन् भने नाम पनि राष्ट्रिय युवासंघ नै रहनेछ । एमाले-माओवादी एकतापछि वाइसिएल र युवा संघ नेपालको एकीकरण भएर राष्ट्रिय युवा संघ बनेको थियो ।

प्रतिक्रिया