बुधबार, मंसिर २०, २०८०

लुम्बिनी प्रदेशको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी

मेरोन्यूज २०७८ जेठ १७ गते १६:२६

काठमाडौँ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् ।

पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् ।

निर्वाचित पाण्डेले ४१४० मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी खड्काले ३६१२ मतभार पाए । राष्ट्रियसभा सदस्यमा निर्वाचित कांग्रेसका पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

प्रदेशसभातर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी रहेको छ । विजयी पाण्डेय हालै मात्र प्रदेशसभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

प्रतिक्रिया