आइतबार, जेठ ६, २०८१

राष्ट्रपतिले कोरोनाको खोप माग्नु असंवैधानिक : भीम रावल

मेरोन्यूज २०७८ जेठ १७ गते १६:१९

काठमाडौँ । पूर्वमन्त्री भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारी विभिन्न देशका राष्ट्रप्रमुखसँग कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप माग्नु संविधानको उल्लंघन भएको बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो बताएका हुन् ।

Advertisement

नेपालको संविधानले राष्ट्रपतिलाई कार्यकारी प्रमुखको भूमिका नदिएकाले खोप याचना गरी विभिन्न देशका राष्ट्रपतिलाई पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको बताएका हुन् ।

‘कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झै विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो,’ रावलले भने, ‘यसले, प्रधानमन्त्री र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ ।’

यो पनि पढ्नुहोस्

राष्ट्रपतिको खोप कूटनीति

प्रतिक्रिया