साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै, जसपासँगको समझदारीबारे बिफ्रिङ हुने
मेरोन्यूज
२०७८ जेठ १७ गते १५:३७

काठामडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षसँग करिब ४ घण्टा छलफल सकाएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । छलफलमा प्रधानमन्त्री ओलीले जसपालाई ८ मन्त्री र २ राज्यमन्त्री दिने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
आज बस्ने मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले जसपासँग भएको समझदारीबारे मन्त्रीहरूलाई बिफ्रिङ हुन सक्ने छ ।
सम्बन्धित
प्रतिक्रिया