बुधबार, मंसिर २०, २०८०

बारपाकमा १३० कोरोना संक्रमित थपिए

मेरोन्यूज २०७८ जेठ १७ गते १४:४०

काठमाडौँ । गोरखाको बारपाकमा एक सय ३० जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर विधिबाट गरिएको परीक्षणमा एक सय ३० जनामा संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अहेव मोदराज भट्टले जानकारी दिए ।

तीन सय ४२ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा एक सय ३० जनामा कोरोना पुष्टि भएको हो । गण्डकी प्रदेश जनस्वास्थ्य स्वास्थ्य कार्यालय गोरखा र गाउँपालिकाको स्वास्थ्य शाखाबाट कोरोना जाँचका लागि टोलीले गएका थियो ।

बारपाकमा गत हप्ता मात्रै १२ जनाभन्दा बढी सर्वसाधरणको कोरोना भाइरस संक्रमणबाट निधन भएको थियो । यससँगै कोरोना नियन्त्रण गर्न विभिन्न निकायलाई गाउँपालिकाले अपिल गरेको थियो ।

प्रतिक्रिया