बुधबार, जेठ २, २०८१

हिन्दी फिल्म खेल्न डर लाग्थ्यो : अभिनेत्री सामन्था

मेरोन्यूज २०७८ जेठ १७ गते ११:२७

काठमाडौँ । दक्षिण भारतीय अभिनेत्री सामन्था अक्केनेनीले भारतीय चलचित्र उद्योग (बलिउड)मा काम गर्न डर लाग्ने गरेको बताएकी छन् । हालै भारतीय सञ्चार माध्यममा उनले आफूभित्रको डरले लामो समयसम्म बलिउडमा पाइला राख्ने हिम्मत नगरेको बताएकी हुन् ।

Advertisement

उनले सायद आफ्नो मनमा डर भएको बताएकी छन् । बलिउडका कलाकार निकै प्रतिभशाली छन् । त्यसैले पनि हिम्मत जुटाउन नसकेर खेल्ने समय लागेको उनले प्रतिक्रिया दिएकी छन् ।

तेलुगु र तमिल चलचित्र क्षेत्रमा चिनिएकी अभिनेत्री सामन्था पहिलोपटक बलिउड चलचित्र ‘फेमिली मेन २’ मा देखिँदै छिन् । उनले पहिलोपटक काम गरेको बलिउडको यो चलचित्रको केही दिनअघि ट्रेलर सार्वजनिक भएको थियो ।

ट्रेलरमा सामन्था तमिल विद्रोहीको भूमिकामा देखिएकी छन् । यस चलचित्रमा मनोज बाजपेयी मुख्य भूमिकामा छन् । यही चलचित्रको प्रचारप्रसारमा जुटेकी उनलाई थुप्रै बलिउड चलचित्रबाट अफर आइरहेको जनाएकी छन् । उनले भाषिक समस्याका कारण हिन्दी चलचित्रमा काम गर्ने हिम्मत जुटाउन नसकेको सुनाइन् ।

अभिनेत्री सामन्थाले सन् २०१० बाट अभिनय यात्रा थालेकी हुन् । उनले बलिउड अभिनेता रणवीर कपुर मन पर्ने बताउँदै उनीसँग अनस्क्रिन रोमान्स गर्ने चाहना रहेको बताएकी छन् । गत वर्ष उनले नागा चैतन्यसँग विवाह गरेकी थिइन् ।

चैतन्यले फेमिली मेन–२ को ट्रेलर हेरेपछि सामन्थाको प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा ‘लभ इट’ भनेर लेखेका थिए । उनले चलचित्रलाई १० मा १० नै अंक दिएका थिए ।

यसैगरी बलिउड अभिनेत्री कंगना रनौटले पनि सामन्थाको अभियनको प्रशंसा गरेकी छन् । यो चलचित्र यही जुन ४ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया