शनिबार, मंसिर २३, २०८०

आजको राशिफल : ज्येष्ठ १७ गते सोमबार

ज्यो. दिवाकर पन्त २०७८ जेठ १७ गते ६:३०


आज २०७८ साल ज्येष्ठ महिनाको १७ गते सोमबार, ज्येष्ठ कृष्णपञ्चमी तिथि ।

मेष
पेशागत जीवन अधिकतर शुभ देखिएता पनि लेखा शाखा वा हिसाव कितावको शाखामा कार्यरतहरुले अलि सचेत रहनु पर्ने समय रहेको छ । सामान्यतया बोली प्रभाव बढ्ने छ । तर कतिपय अवस्थामा अलि बोलीले अरुलाई बिझाउने भएकाले विचार पु¥याउनु होला । अनावश्यक क्षेत्रमा मेहनत गर्न मन लाग्ने छ । भाग्यको साथ रहेकाले आम्दानीमा बृद्धि हुन पुग्ने छ ।

वृष
पेशागत जीवनमा शुभ नै रहने छ । आत्माबल उच्च भएको ब्यक्तित्व हुने छ । दृढतामा बृद्धि हुने छ । तर अलि रिसाहा ब्यक्तित्व हुने भएकाले सतर्क रहनु होला । साथै बोलीमा पनि कडापन देखिने भएकाले संयमित रहँदा उपयुक्त हुने छ । आम्दानीमा बृद्धि हुन पुग्ने छ । साझेदारीमा गरिएका कामहरुमा उल्झन पैदा हुने छ ।

मिथुन
मनोबल उच्च हुने भएकाले कसैले हेप्न सक्ने छैनन् । तर मनमा भने उदासिनता देखा पर्ने छ । असाध्यै कडाखाले ब्यक्तित्व हुनेछ । रिस पनि असाध्यै धेरै उठ्ने भएकाले यसबारेमा संयमित रहँदा नै उचित हुने छ । जीवनसाथिको सल्लाह सहित काम गरेमा भाग्योदय हुन जाने छ ।

कर्कट
बादबिबाद तथा अवरोधहरु धेरै सामना गर्नुु पर्ने भएकाले यसबारेमा मानसिक रुपमा तयार रहँदा उपयुक्त हुने छ । साझेदारीमा गरिएका काममा पनि समस्याहरु देखा पर्ने छन् । सन्तान सुख प्राप्त हुने छैन् भने भित्रि बुद्धि सक्रिय नहुँदा चलाखिपनाको कमि देखिने छ । समय अलि प्रतिकुल देखिएकाले सतर्क रहनु होला । जागिर तथा व्यवसायमा गम्भीरखाले समस्या देखा पर्न जाने छन् । समय प्रतिकुल रहेकाले गर्न खोजेको काममा ढिला गरि मात्र प्रगति हुने छ ।

सिंह
आम्दानीमा बृद्धि हुने छ । थोरै मेहनतबाट पनि धेरै फाइदा मिल्न पुग्ने छ । तर मनमा भने अत्याधिक धेरै दुविधा आउने छन् । भाग्यको साथ रहेकाले मनोबल बलियो हुन जाँदा अवस्था नियन्त्रणमा नै रहने छ । साझेदारीमा गरिएका काममा भने बिबाद देखिने छ । साझेदारहरु बीच कोही भन्दा कोही कम छैन् भन्ने अवस्था रहने छ ।

कन्या
परिवारको साथले गर्दा कर्मशिलतामा बृद्धि हुन जाने छ । साझेदारीमा गरिएका कामहरुमा भने उल्झन देखा पर्ने छ । भाग्यको साथ रहेकाले पेशात जीवनमा उन्नति हुने छ । पेशा ब्यवसायप्रति साहस आउने छ । भाग्यको साथ रहेकाले बाणिज्य, ब्यापार तथा ब्यवसायमा संलग्नहरुलाई फाईदा मिल्ने छ ।

तुला
पेशागत जीवनमा केही समस्याहरु उत्पन्न हुने भएकाले तीसँग सामना गर्नु पर्ने हुन्छ । पेशागत जीवनक विषयले मनमा तनाव सृजना गराई दिने छ । जीवनसाथिको साथसहित काम गरेमा केही राहत मिल्ने छ । आम्दानीमा गिरावट आउने छ । भाग्यको साथ नरहेकाले संघर्ष धेरै तर प्रतिफल कम प्राप्त हुँदा मनमा निराशा आउने छ । धेरै जोखिमपूर्ण अग्रसरता लिने समय छैन् । समय संयमित रहनु पर्ने खालको छ ।

वृश्चिक
मनोबलको पनि कमि हुन जाने छ । जीवनप्रतिको रहको उत्साहमा कमि आउने छ । शारीरिक थकान धेरै देखा पर्ने छ । मांसपेशी दुख्ने र रगतसम्बन्धी समस्याले दुःख दिने छ । साथै मनमा निराशाजनक भावले सताउने थाल्ने छ । भाग्यको साथ नरहनाले गर्नै नपर्ने क्षेत्रमा पनि मेहनतन गर्न पुग्दा प्रतिफल प्राप्त हुने छैन् । समय संयमित रहनु पर्ने खालको छ ।

धनु
प्रतिष्पर्धात्मक क्षमतामा तिब्रता आउने छ । यसले गर्दा असजिलो परिस्थितिमा पनि नआत्तिई अघि बढ्न खोज्ने बानीमा बढोत्तरी हुने छ । बोलीमा कडापन आउने छ । परिवारमा झगडा देखा पर्ने छ । पेशागत जीवनमा बिबाद देखा पर्न जाने र शत्रुतामा बृद्धि हुने भएकाले पेशागत जीवनमा संयमित भई पाइला चाल्नु पर्ने समय छ । ब्यापार विजनेश गर्नेहरुले धेरै जोखिम उठाउने समय छैन् ।

मकर
परिवारमा झगडा वा कटुता देखा पर्ने छ । मन उदास हुने छ । दाम्पत्य जीवनमा राम्रो गर्न खोज्दा खोज्दै पनि नकारात्मक वातावरण उत्पन्न हुने भएकाले कम बोल्दा उपयुक्त हुने छ । अत्यन्त कडा प्रकृतिको मानिस जस्तो देखा पर्ने छ । रिस पनि धेरै उठ्ने भएकाले संयम रहने बारेमा ध्यान दिनु होला । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले कसैसँग नदब्ने स्वाभाव हुने छ । यसले केही राहत पनि दिने छ ।

कुम्भ
परिवारका सदस्यहरुले भरपुर साथ दिने छन् । पारीवारिक जिममेवारी लिने स्वाभाव पनि देखिने छ । आम्दानीमा केही बृद्धि हुने छ । मनमा भने निराशाले च्याप्ने छ । जसले गर्दा उत्साह र उमङ्गको कमि हुन जाने छ । लुलो खाले ब्यक्तित्व बन्न पुग्ने छ । पेशागत जीवनमा पनि नसोचेका समस्याहरु देखा पर्ने छन् । जसले गर्दा आफ्नो पेशाप्रति वितृष्णा पैदा गरि दिने भएकाले पेशागत विषयमा कुनै गम्भीर निर्णय नलिँदा उत्तम हुने छ ।

मीन
मेहनत र पराक्रमीपना देखा पर्ने छ । आफ्नो लक्ष्य वा सपना पुरा गर्न सक्रिय हुने स्वाभावमा बृद्धि हने छ । भाग्यको साथ कम भएकाले कर्मफल प्राप्त हुन ढिलाई हुने भएकाले धैर्यतापूर्वक पाईला भने चाल्दै गर्नु होला । जोखिमपूर्ण क्षेत्रमा संलग्नहरुलाई भने केही फाईदा प्राप्त हुने । जीवनसाथिको सल्लाहमा काम गरेमा फाईदा मिल्ने छ । ब्यवसायिक जीवनमा धेरै जोखिपूर्ण निर्णय लिने समय देखिँदैन् ।

(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया