बुधबार, जेठ २, २०८१

बंगलादेशले भारतसँगको सीमा नाका जुन १४ सम्म बन्द गर्ने

मेरोन्यूज २०७८ जेठ १६ गते २१:४४
Coronavirus on scientific background

काठमाडौँ । बंगलादेश सरकारले भारतसँगको स्थल नाका हुँदै गरिने सार्वजनिक यात्रामा भइरहेको प्रतिबन्धलाई जुन १४ सम्म विस्तार गर्ने निर्णय गरेको छ ।

Advertisement

छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) वृद्धि भएको समय बंगलादेशको भारतसँगको स्थल सीमालाई अप्रिल २६ देखि बन्द गरिएको थियो । सीमा क्षेत्रमा यात्रा प्रतिबन्धको अन्तिम मिति मे ३१ सम्मका लागि जारी गरिएको थियो ।

शनिबार बंगलादेशको परराष्ट्र सचिवको अध्यक्षतामा बसेको बैठकले भारतसँगको सीमा बन्द गर्ने निर्णयलाई विस्तार गर्ने भएको बताइएको छ ।
सरकारले भाइरसको फैलावट रोक्न भारतसँग जोडिएका अन्य दुई सीमा विन्दुमार्फत् हुने दुई थप स्थलमार्गलाई पनि यात्रा बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बन्द गरिएका सीमा बजारहरूमा चोदंगाको दर्शना र चपेनावाबगंजको सोना मस्जिद रहेका बताइएको छ । सरकारको निर्णय अनुसार दर्शन पोर्ट एक हप्ताको र सोना मस्जिद दुई हप्ताका लागि बन्द रहने छन् ।

प्रतिक्रिया