बिहीबार, जेठ ३, २०८१

क्यानाडाको एक स्कुलमा २१५ बच्चाको कंकाल फेला, झण्डै ४ हजारको मृत्यु भएको अनुमान

मेरोन्यूज २०७८ जेठ १६ गते २१:२१

काठमाडौँ । क्यानाडाको सबैभन्दा ठूलो आवसीय स्कुलको मैदानमा २१५ जना बच्चाको कंकाल गाडिएको अवस्थामा फेला परेको छ । यी सबै बच्चाको उमेर करिब ३ वर्ष रहेको समाचारमा जनाइएको छ ।

Advertisement

बच्चाहरूको शव सन् १९७८ मा बन्द भएको कमलुप्स इण्डियन रेसिडेन्शियल स्कूलको छात्रहरू रहेका छन् । बच्चाहरूको शवको कंकाल फेला परेसँगै उनीहरूको सम्झनामा सोही स्कुलको सिँडीमा २१५ जोर बच्चाको जुत्ता राखेर श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

सो स्कुल सन् १८६३ देखि एक चर्चद्वारा सञ्चालित रहेको थियो । स्कुल व्यवस्थापनले बच्चाहरूलाई परिवारसँग अगल राखेका थिए । सोही स्कुलमा पढ्ने करिब एक लाख ५० हजार बालबालिकामाथि बलात्कार, शारीरिक शोषण, उत्पीडन भएको समाचारमा जनाइएको छ । स्कुलमा करिब ४ हजार एक सय जना बालबच्चाको मृत्यु भएको अनुमान गरिएको छ । ऐजेन्सी

प्रतिक्रिया