नेपाललाई पठाए थाइल्यान्डका राजाले स्वास्थ्य सामग्री

काठमाडौँ । थाइल्यान्डका राजाले कोरोना भाइरसविरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री दिएका छन् । राजा महा भाजिरालङकर्णले विशेष जहाजमार्फत् स्वास्थ्य सामग्री नेपाल पठाएका छन् ।
थाइल्यान्डका राजाले सर्जिकल मास्क, पिपिपई सेट, फेस सिल्ड, र्यापिड एन्टिजेन टेष्ट किट, अक्सिमिटर स्वास्थ्य सामग्री पठाएका हुन् । स्वास्थ्य सामग्री बोकेको जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफले स्वास्थ्य सामग्री स्वास्थ्य तथा जसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् ।
विमानस्थलमा स्वास्थ्य मन्त्री त्रिपाठीसँगै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि पुगेका थिए । स्वास्थ्य सामग्रीको लागि मन्त्री त्रिपाठीले नेपाल सरकारको तर्फबाट थाई नरेशलाई धन्यवाद दिएका थिए।
प्रतिक्रिया