बुधबार, मंसिर २०, २०८०

नेपाल-खनाल पक्षलाई प्रधानमन्त्रीले भने : कति सपथ खाए होलान्, तर देशविरुद्ध अनिष्टको काम गरिरहेका छन्

मेरोन्यूज २०७८ जेठ १६ गते १५:३२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैबाट देशका लागि अनिष्ट काम भइरहेको बताएका छन् । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले संसदीय प्रणाली र दलीय व्यवस्थामा विश्वमा कही नभएको घटना नेपालमा भइरहेको बताए ।

प्रधानमन्त्री ओलीले नेता माधव नेपाल, झलनाथ खनालप्रति इंगित गर्दै पार्टी नेतृत्वमा नै धमिलो भएपछि कार्यकर्तामा प्रभाव पर्नु सामान्या भएको टिप्पणी गरे । ‘तिनले कहाँ–कहाँ सपथ खाए होलान्, तर देशको विरुद्ध अनिष्टको काम गरिरहेका छन्, जब नेतृत्व तहबाट त्यस प्रकारका काम हुन्छन्, नेतृत्व तह अनुशासनहीन र अराजकतामा उत्रिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सम्मानीय राष्ट्रपति ज्यूकोमा गएर एक जनाले म विरोधमा आएको छु भन्नु भएछ गर्वसाथ, सरम छैन ।’

यस्तै प्रधानमन्त्री ओलीले आफ्नो पार्टीको सरकार ढाल्नका लागि विश्वासको मत नदिएर बाहिर बस्नु र अर्को सरकार बनाउन कसरत गर्नु दलीय अनुशासन, मर्यादा, प्रणाली संसदीय प्रणालीविरुद्ध भएको बताए । उनले संवैधानिक र कानूनी हिसाबले राज्यका सबै अंगमा महिलाको ३३ प्रतिशत सुनिश्चितताको उपलब्धि प्राप्त भए पनि कतिपयलाई यो चित्त नबुझेको टिप्पणी गरे ।

प्रतिक्रिया