सर्यो एमाले स्थायी समिति बैठक
मेरोन्यूज
२०७८ जेठ १६ गते १५:१२
काठमाडौं । सत्तासिन दल नेकपा एमालेले पार्टी स्थायी समिति बैठक सरेको छ । बैठक आज साँझ ५ बजे बोलाइएकोमा सोमबार बिहान १० बजेका लागि सारिएको छ ।
एमालेले विपक्षी नेतालाई सरकार बनाउन साथ दिन पुगेको भन्दै १२ नेतामाथि सोधेको स्पष्टीकरणका विषयमा पनि बैठकमा छलफल भई निर्णय हुन सक्ने बताइएको छ । एमालेले नेताहरुलाई स्पष्टीकरण पछि कुनै निर्णय नगरी बसेको छ ।
माधव नेपाल, झलनाथ खनालसहितका ११ नेतालाई भने पार्टी सदस्यबाटै यस अगाडि नै एमालेले निष्कासन गरिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया