नेता नेपालको हस्ताक्षर अनाधिकृत : थापा
मेरोन्यूज
२०७८ जेठ १६ गते १४:०६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले विपक्षी गठबन्धनको तर्फबाट जारी गरेको वक्तव्यमा माधवकुमार नेपालले गरेको हस्ताक्षर अनाधिकृत भएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले भने, “विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेको वक्तव्यमा माधवकुमार नेपालको हस्ताक्षर अनाधिकृत छ । नेकपा(एमाले)मा वरिष्ठ नेताको दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिड्न सम्बन्धित दलले कहिल्यै खटाएको पनि छैन ।”
उनले अझै विधि र पद्धतिको कुरा गर्ने भन्दै नेपाललाई प्रश्न गरेका छन् । देउवा निवास बुढानिकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले ओलीले गरेको प्रतिनिधि सभाको विघटनको विरोधमा संयुक्त वक्तव्य निकालेको थियो । त्यसमा एमाले वरिष्ठ नेता नेपालको पनि हस्ताक्षर रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया