कोरोना संक्रमित श्रीमानको मृत्युपछि श्रीमतीले गरिन् आत्महत्या
प्रेम सम्बन्धपछि गत असोजमा उनिहरुले विवाह गरेका थिए

काठमाडौं । डडेल्धुरा अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड १९) संक्रमित श्रीमानको मृत्यु भएको केही घण्टापछि श्रीमतीले आत्महत्या गरेकी छन् ।
बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा कठायतले ज्यान गुमाएका थिए । त्यसलगतै कठायतकी श्रीमतीले नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरेको स्थानीय जनप्रतिनिधि तथा वडाध्यक्ष खगेन्द्र राउतले मरोन्युजलाई जनाए । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जनाले गत वर्षको असोजमा मात्र विवाह गरेका थिए ।
उडाध्यक्ष राउतका अनुसार ज्वरो र रुघाखोकी लागेपछि कठायत २ जेठमा जिल्ला अस्पतालमा भर्ना भएका थिउ । उनकी श्रीमतीसँगै काका र भाइ पनि कुरुवा बसेका थिए । मृत्युलगत्तै अस्पतालबाट भागेकी रावत आत्महत्या गरेको अवस्थामा फेला परेको हो ।

दया दुदराज
मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया