बुधबार, असार ५, २०८१

एमाले स्थायी कमिटी बैठक बस्दै

मेरोन्यूज २०७८ जेठ १६ गते १३:०१

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको एमाले पार्टी कार्यालय सचिव शेरवहादुर तामाङले बताए ।

Advertisement

बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समिक्षा र समसामयिक विषयमा छलफल गरिने जनाएको छ । एमालेको अघिल्लो स्थायी कमिटी बैठकले सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित १२ सांसदलाई स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण सोधिएका १२ सांसदले स्पष्टीकरणको जवाफ दिएका छैनन् । आजको बैठकले १२ सांसदलाई कारबाही गर्ने सम्भावना रहेको छ । यसअघि माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिसकेको छ ।

प्रतिक्रिया