ओलीले बोलाए पार्टी स्थायी समिति बैठक
मेरोन्यूज
२०७८ जेठ १६ गते १३:००

काठमाडौं । सत्तासिन दल नेकपा एमालेले पार्टी स्थायी समिति बैठक बोलाएको छ । बैठक आज साझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाईएको हो ।
केन्द्रीय कार्यालयका सचिव शेरवहादुर तामाङले पार्टी स्थायी समिति बैठक बोलाईएको जानकारी दिए ।
बैठकका एजेण्डा नेताहरुलाई बताईएको छैन । तर एमालेले विपक्षी नेतालाई सरकार बनाउन साथ दिन पुगेको भन्दै १२ नेतामाथी सोधेको स्पष्टीकरणका विषयमा पनि बैठकमा छलफल भई निर्णय हुन सक्ने बताईएको छ ।
एमालेले नेताहरुलाई स्पष्टीकरण पछि कुनै निर्णय नगरी बसेको छ ।
माधव नेपाल, झलनाथ खनाल सहितका ११ नेतालाई भने पार्टी सदस्यबाटै यस अगाडी नै एमालेले निश्कासन गरिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया