बुधबार, मंसिर २०, २०८०

नेपाल पक्षका मन्त्रीले सोधे ओली पक्षका सांसदलाई स्पष्टीकरण

मेरोन्यूज २०७८ जेठ १६ गते १२:०५


काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले पूर्वमन्त्री पठानसिंह बोहरालाई स्पष्टीकरण सोधेको छ । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले बोहरालाई स्पष्टीकरण सोधका हुन् ।

शाह नेपाल समूहका मन्त्री हुन् भने पूर्व भौतिक पूर्वाधार विकासमन्त्री बोहरा ओली समूहका सांसद हुन् । शाहले सोधेको स्पष्टीकरणमा स्वयं उपस्थित भएको संसदीय दलको बैठकको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, निर्णय कार्यान्वयनमा बाधा सिर्जना गरी गुटबन्दी गरेको लगायतका विषयमा जवाफ मागिएको छ ।

चित्तबुज्दो जवाफ नदिएमा संसदीय दलको विधान बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ । असअघि ओली समूहले नेपाल समूहका मन्त्रीहरुलाई स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया