जसपा विवाद
उपेन्द्र-महन्थ : स्पष्टीकरणको जवाफ देलान् की फुटलान् ?
२४ घण्टे अल्टीमेटम सहित एक अर्कोलाई सोधेको स्पष्टीकरणको जवाफ लेख्ने सुरसार दुवै पक्षले गरेको छैन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको कदमलाई साथ दिने वा नदिनेमा विभाजित जनता समाजवादी पार्टीका दुई अध्यक्षले एकले अर्काेलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । अध्यक्ष महन्थ ठाकुर ओलीको पक्षमा खुलेका छन् ओलीलाई निरन्तर केही समययता साथ दिईरहेका छन् । अर्का अध्यक्ष उपेन्द्र यादव ओलीको विपक्षमा छन्, ओलीलाइ जसरी भएपनि सरकारबाट विदा गर्नुपर्ने पक्षमा दहा्रोसँग काग्रेस, माओवादी र एमालेकै माधव नेपाल समुहसँगको गठवन्धनमा छन् ।
दुई अध्यक्ष नै दुई तिर उभिएपछि जसपा विभाजनको डिलमा छ । केन्द्रीय कार्याकारिणी समितिमा उपेन्द्र यादवले डा बाबुराम भटटरुाई सहितका नेतालाई साथै राखेर बहुमत होल्ड गरेर बसेका छन् उता महन्थ ठाकुर राजेन्द्र महतो सहितका नेतालाइ साथ लिएर विघटित प्रतिनिधीसभाको संसदीय दलमा बहुमत होल्ड गरेर बसेका छन् ।
विवाद मिलाउने प्रयत्न स्वरुप केही प्रयास दुवै अध्यक्षका वीचमा भएर जेष्ठ ८ र ९ गते पार्टीको केन्द्रीय कार्याकारिणी समितिको बैठक बोलाउने, राष्टिय सहमतिको सरकार बन्ने अवस्था भए सरकारमा जाने, नभए आफ्नै पार्टी नेताको नेतृत्वमा सरकार बन्ने भए सरकारमा जाने अन्यथा सरकारमा नजाने नीति बनाई उनीहरु दुवैले हस्ताक्षर गरेर ८ वुँदो सहमति पत्र सार्वजनिक गरेका थिए ।
तर त्यो सहमति भएको सहमति पत्र सार्वजनिक भएको एकाध घण्टामै संसद सचिवालयमा दल नेता राजेन्द्र महतो भएको पत्र महन्थ पक्षले पठायो । उपेन्द्रले छुटटै पत्र पठाएर निर्णय भईनसकेको जनायो । त्यसपछि ओलीले नयाँ स्टेप लिए, संसदमा संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री रहेका उनले विश्वासको मत नलिने गरी संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि राष्टपतिलाइृ मन्त्रीपरिषद्बाट सिफारिस पठाए ।
विवादमा सस्तता आउँदै फेरि मिलापको कामना गरिरहेका जसपा नेताहरुलाइृ त्यसले फेरि विझायो अर्थात फेरि दुई फयक्ट ओलीलाइृ हेर्ने सवालमा बने उपेन्द्र विपक्षमा उभिए, महन्थ पक्षमा । महन्थ र राजेन्द्रलाई रिझाउन ओलीले संविधान संसोधन कार्यादल बनाउने देखि नागरिकता सम्वनधी अध्यादेश सम्म अगाडी बढाए ।
नागकिरता अध्यादेश राष्टपतिवाट जारी भईसकेको छ । कार्यदल भने नामममात्रको छ, त्यसको अहिलेसम्म कुनै बैठक समेत बसेको छैन । तर ५ सदस्यीय कार्यादल गठन ओली सरकारले गरेको छ । त्यसपछि उपेन्द्र र बाबुरामलाई पत्तो नदिई महन्थ र राजेन्द्रले ओली लाई साथ दिने गरी समर्थन जनाएको चिठी दिए । उपेन्द्र-वावुराम भने काग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षरमा सहभागी भए ।
यसले जसपाभित्रको विवाद उग्र भयो । महन्थले केन्द्रीय कार्याकारिणी समितिको बोलाईएको बैठक एकलौटी वक्तब्य दिएर स्थगित भएको सूचना जारी गरे । उपेन्द्र पक्षले बैठक स्थगित नभएको भन्दै बैठक वसेर महन्थहरुमाथी स्पष्टिकरण सोध्ने निर्णय लियो ।
महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाइृ उपेन्द्र पक्षले जेष्ठ ११ मा तीन दिनभित्र स्पष्टीकरण बुझाउन भन्दै स्पष्टिकरण पत्र काट्यो । त्यही दिन यता महन्थले पनि उपेन्द्रलाई तीन दिनकै समय दिएर स्पष्टीकरण पत्र काट्ने काम गरे
दुवैले एक अर्काे पक्षलाई कारवाही गर्ने गरी स्पष्टीकरण पत्र काटेपनि दुवै पक्षले एक अर्काको स्पष्टीकरणको जवाफ दिन आवश्यक ठानेनन ।
त्यसपछि फेरि उपेन्द्र पक्षले महन्थ सहितका राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई दोहोराएर २४ घण्टे स्पष्टीकरण सोधेर पत्र पठायो । त्यो पत्रमा स्पष्टीकरण मात्र सोधिउन पार्टी विद्यानको धारा ४९ अनुसार , स्पष्टीकरणको जवाफ नदिएमा वा दिएपनि चित्तवुझदो नभएमा पार्टीबाट निश्कासन गर्ने गरी स्पष्टीकरण पत्र काट्यो ।
त्यसलगत्तै महन्थले पनि फेरि उपेन्द्रलाई सोही शैलीमा काउन्टर दिँदै २४ घण्टे स्पष्टीकरण सोधे । उनले पनि राजनीतिक दल सम्वन्धी ऐन र पार्टी अन्तरिम विद्यानको धारा ४९ अनुसार निश्कासन गर्न सक्ने ब्यहोराको स्पष्टीकरण सोधे ।
दुवैले सोधेको स्पष्टीकरणको २४ घण्टे अल्टीमेटम आज दिउासो पुग्दैछ । तर दुवै पक्षले यो समाचार तयार पार्दासम्म स्पष्टीकरण लेख्ने वा दिने कुनै सुरसार गरेका छैनन ।
यसले जसपालाइृ विभाजनको डिलमा पुराएको छ । एकले अर्काेलाई सोधेको स्पष्टीकरण नवुझाएको, पार्टी अनुशासन तोडेको आरोप लगाउँदै कारवाही गर्ने चरणमा अव जसपाभित्रको विवाद पुगेको छ ।
यसले अव जसपा के फुटने हो ? प्रश्न उब्जाएको छ । दुवैले दुवैलाई स्पष्टीकरणका लागि दिएको २४ घण्टे अल्टिमेटम आज सकिने र दुवै पक्षले एकअर्कालाई पार्टीबाट निष्कासन गर्ने सम्भावना रहेको जसपाकै नेताहरू बताउँछन।
कारवाहीको पत्र सहित दुवै पक्ष अव निर्वाचन आयोग धाउने देखिन्छ । यसको आधिकारिकता निरुपण फेरि एक्पटक निर्वाचन आयोगकै टाउकोमा पुगने सम्भावना रहेको एक जसपाका नेताले बताए ।
तत्कालीन राष्ट्रिय जनता पार्टी ९राजपा० र समाजवादी पार्टी २०७७ वैशाखमा एकीकरण गरी जसपा बनेको हो। तर एकीकरण प्रक्रिया टुंगो नलाग्दै सत्ता समीकरणका विषयमा दुई धार देखिएपछि जसपा फुट्न लागेको हो । महन्थ त्तकालिन राजपाका अध्यक्षमण्डलका अध्यक्ष थिए । उपेन्द्र समाजवादी पार्टीका अध्यक्ष थिए । अव केही नेता यताउता हुने र फेरि पूरानै अवस्थामा यी दुइृ धार पुग्ने गरी पार्टी फुटको अन्तिम रस्साकस्सीमा जसपा पुगेको हो ।
प्रतिक्रिया