शनिबार, मंसिर २३, २०८०

प्रतिनिधि सभा विघटन सम्वन्धी रिटमाथि आज पनि सुनुवाई हुँदै

मेरोन्यूज २०७८ जेठ १६ गते ७:३२

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध परेका रिटमाथि आज पनि संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।

गत शुक्रबारबाट सुनुवाई सुरु भएको सो रिटमाथि आज पनि सुनुवाई हुन लागेको हो । शुक्रबारको इजलासमा विपक्षी गठवन्धनको तर्फबाट १४६ सांसदको तर्फबाट दायर रिटमाथि सुनुवाई भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ७ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यससँग सम्वन्धित भएर सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् ।

११ वटा संवैधानिक क्ष्जलासमा मै छलफल हुने गरी रिट दर्ता भएपनि १९ वटा रिट भने बिहीबारको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले संवैधानिक इजलासमा पठाएको हो ।

यसअघि गत पुष ५ गते पनि सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । सरकारको सो कदम असंवैधानिक ठहर गर्दै सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना गरेको थियो ।

प्रतिक्रिया