बिहीबार, वैशाख १३, २०८१

चक्रपथ विस्तार गर्न साढे २ अर्ब विनियोजन

मेरोन्यूज २०७८ जेठ १५ गते १७:५२

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा रहेका चक्रपथ विस्तार गर्न २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले चक्रपथ निर्माणमा उक्त रकम विनियोजन गरेको जानकारी दिए ।

चक्रपथको विभिन्न स्थानमा फ्लाई ओभर र सडक विस्तार गर्न बजेट विनियोजन गरेको हो ।

प्रतिक्रिया