बिहीबार, वैशाख १३, २०८१

शिक्षामा बजेट बढ्यो

मेरोन्यूज २०७८ जेठ १५ गते १७:३८

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।


अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गरेको अनुमानित आयव्यय विवरणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ १ खर्ब ८० अर्ब ४ करोड बजेट बिनियोजन गरिएको छ । जुन ४ वर्षयताकै बढी हो । गत वर्ष शिक्षालाई १ खर्ब ६५ अर्ब ७६ करोड छुट्याइएको थियो ।

बजेटको कुल आकार खुम्चिँदा पनि शिक्षाको विनियोजन बढाइनुले यो क्षेत्रलाई सरकारले महत्व दिएको प्रष्ट हुन्छ ।

दश वर्ष पहिले शिक्षामा कुल बजेटको १७ प्रतिशत हिस्सा थियो । तर बजेट घट्दै गएर आव २०७४/०७५ मा १० प्रतिशतमा झरेको थियो । त्यसयता भने क्रमशः बजेट बढ्न थालेको छ । त्यस हिसाबले हेर्दा शिक्षा क्षेत्रको बजेटलाई सकारात्मक रुपमा लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया