शनिबार, वैशाख १५, २०८१

सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा दिने

मेरोन्यूज २०७८ जेठ १५ गते १७:१९

काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा दिने घोषणा गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्ने क्रममा यो घोषणा गरेको हो ।

मन्त्री पौडेलले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारले ‘पर्यटन काज’को नीति ल्याएको बताए । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकम सहित पर्यटन काज उपलब्ध गराइने छ मन्त्री पौडेलले बताए ।

उनले निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गरिने बताए ।

प्रतिक्रिया