बिहीबार, चैत १५, २०८०

कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन

मेरोन्यूज २०७८ जेठ १५ गते १७:०९

काठमाडौं । सरकारले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/ ०७९ को बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षका लागि कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजना गरेको जानकारी दिए ।

मन्त्री पौडेलले कोरोना संक्रमण नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमानाका तथा विमानस्थलमा हेल्थ डेस्क सञ्चालन र होल्डिङ सेन्टर स्थापना गरीने पनि जानकारी दिएका हुन् । स्थानीय तहमा क्वारेन्टिन निर्माण, कन्ट्याक ट्रेसिङ, आइसोलेसन सेन्टर स्थापना, जनशक्तीको व्यवस्थापन र औक्षषधि उपकरणको नियमित आपूर्तिका लागि यो रकम विनियोजन गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

प्रतिक्रिया