बिहीबार, चैत १५, २०८०

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब विनियोज

मेरोन्यूज २०७८ जेठ १५ गते १६:५२

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब रुपैयाँ बजेट विनियोज गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले १२ अर्ब बजेट विनियोजन गरिएको सार्वजनिक गरेका हुन् ।

यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमको ७ अर्ब ९२ करोड ३४ लाख रुपैयाँ बजेट स्थानीय तहहरूमा पुगेको पनि खर्च हुन सकेको थिएन । सरकारले यो वर्ष करिब दुई लाख जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमबाटै न्यूनतम सय दिन रोजगार बनाउने उद्घोष गरेको थियो ।

यो वर्ष रोजगार कार्यक्रम अन्तरगत १० हजार ९३८ आयोजनाहरु स्वीकृत भएका थिए ।

प्रतिक्रिया