शुक्रबार, वैशाख १४, २०८१

कोरोना संक्रमण दर ओरालो लाग्यो, ४ हजार ४८७ जनामा संक्रमण पुष्टि

६ हजार ८० जना संक्रमणमुक्त

मेरोन्यूज २०७८ जेठ १५ गते १७:०७

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर ओरालो लाग्न थालेको छ । गत वैशाखको तेस्रो साता करिब ४५ प्रतिशत माथि कोरोना संक्रमण पुष्टि हुँदै आएको थियो ।

पछिल्ला केही दिनयता संक्रमण दर निरन्तर ओरालो लागिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पछिल्लो तीन साताकै कम संक्रमण पुष्टि भएको छ ।

आज १४ हजार ७५२ नमूना परीक्षण गर्द ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको छ । १४ हजार ६ पिसिआर परीक्षण गर्दा ४ हजार ३११ र ७४६ एन्टीजेन परीक्षण गर्दा १७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म ५ लाख ५३ हजार ४२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज छ हजार ८० जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा ४ लाख ३४ हजार ७५० जना कोरोना संक्रमण मुक्त भएका छन् । १ लाख ११ हजार ५०९ जना आइसोलेसनमा छन् ।

पछिल्लो २४ घन्टामा ११६ जनाको ज्यान गएको छ । यससँगै नेपालमा हालसम्म ७ हजार १६३ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

प्रतिक्रिया