बिहीबार, वैशाख १३, २०८१

स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड बजेट बिनियोजन

मेरोन्यूज २०७८ जेठ १५ गते १६:४०

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/ ७९ का लागि सार्वजनिक गरेको बजेटमा स्वास्थ्यका लागि उक्त बजेट छुट्याइएको जानकारी दिएका हुन्।

बजेटमा कोरोना संक्रमण रोकथाम र स्वास्थ्य प्रणाली सुधारलाई प्राथमिकता दिइएको छ। कोभिड विरुद्धको भ्याक्सिन खरिदलाई प्रमुख प्राथमिकतामा राखिएको छ।

अघिल्लो आर्थिक वर्ष २०७७ /०७८मा आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट विनियोजन गरेका मध्ये स्वास्थ्य क्षेत्रका लागि सरकारले ९० अर्ब ६९ करोड रुपैयाँ छुट्याएको थियो ।

प्रतिक्रिया