बिहीबार, वैशाख १३, २०८१

होटल तथा चलचित्र भवनलाई विद्युत महसुल छुट

मेरोन्यूज २०७८ जेठ १५ गते १६:३७

काठमाडौँ । होटल तथा चलचित्र उद्योगलाई विद्युत महसुल छुट दिने भएको छ । अर्थ मन्त्री विष्णु पौडेले आर्थिक बजेट २०७८–७९ को बजेट भाषणमा बोल्दै विद्युत महसुल छुट दिने बताएका हुन् ।

उनले काेराेना भाइरस (काेभिड-१९) का कारण भएको निषेधाज्ञाकाे अधविमा उठेकाे सबै महसुल छुट दिने बताएका हुन् ।

सरकारले निषेधाज्ञा अवधिभर घरेलु तथा साना विद्युत उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शत प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै, मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था गरेको छ ।

प्रतिक्रिया