शुक्रबार, चैत १६, २०८०

वृद्ध भत्ता ४ हजार पुग्यो

मेरोन्यूज २०७८ जेठ १५ गते १६:४४

काठमाडौं । सरकारले जेष्ठ नागरिकलाई दिँदै आएको वृद्ध भत्ता ४ हजार रुपैयाँ पुर्याएकाे छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले अत्यादेशमार्फत पेश गरेको आर्थिक वर्ष २०७७-७८ को बजेट भाषणमा ४ हजार रूपैयाँ पुर्याएकाे बताएका हुन् ।

अब ७० वर्षमाथिका सबै जेष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ पाउने छन् । यसअघि ३ हजार रुपैयाँ वृद्धभत्ता स्वरुप पाउँदै आएका थिए । यसबाट १३ लाख प्रत्यक्ष लाभान्वित हुनेछन् ।

६० वर्ष उमेर पुगेका दलित, कर्णालीका ज्येष्ठ नागरिक एवं पूर्ण तथा आंशिक अपांगता भएका नागरिक सामाजिक सुरक्षा भत्तामा समेटिनेछन् । यसबाट करिब १३ लाख ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ ।

त्यस्तै अतिअशक्त, अपाङ्ता भएका, एकल महिला, लोपोन्मुख आदिवासी जनजातिसमेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा मासिक १ हजार वृद्धि गरिएको छ ।

यसबाट राज्यको संरक्षण आवश्यक पर्ने करीब नौ लाख व्यक्तिको जीवनयापनमा सहजता आउने अपेक्षा गरिएको छ ।

Advertisement

२०७६-७७ मा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले मासिक ३ हजार बनाएका थिए ।

प्रतिक्रिया