शुक्रबार, वैशाख ७, २०८१

अखिल भारत नेपाली एकता मञ्चद्वारा गणतन्त्रको अवसरमा शुभकामना

मेरोन्यूज २०७८ जेठ १५ गते १४:५४

काठमाडौँ । गणतन्त्र दिवसको उपलक्ष्यमा अखिल भारत नेपाली एकता मञ्च भारतका केन्द्रीय सचिव आरबी खड्काले शुभकामना दिएका छन् । उनले १४ औँ गणतन्त्रको दिवसमा शुभकामना दिएका हुन् ।

उनले देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना दिएका हुन् । ‘नेपाली जनताको दशकौँ लामो संघर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ, गणतन्त्र ल्याउन जीवन उत्सर्ग गर्ने सबै महान सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली,’ उनले भने, ‘वेपत्ता योद्धा र घाइते योद्धाप्रति उच्च सम्मान प्रकट गर्दछु ।’

लामो संघर्षका बीच हासिल गरिएको गणतन्त्रले जनताको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेको सचिव खड्काले बताए । उनले गणतन्त्र दिवसको अवसरमा सबैलाई एकबद्ध हुन आग्रह गरे ।

प्रतिक्रिया