शुक्रबार, चैत १६, २०८०

भारतीय अडाणीको कमाई घण्टामा सवा अर्ब रूपैयाँ

मेरोन्यूज २०७८ जेठ १५ गते १४:२०

काठमाडौँ । पछिल्लो हप्ता भारतीय नागरिक गौतम अडाणी एसियाको दोस्रो धनी व्यक्ति बनेका छन् । ब्लुमबर्ग पत्रिकाको अर्बपति इण्डेक्सका अनुसार उनले चीन अर्बपति झोङ सैनसैनलाई पछाडि पार्दै एसिया महादेशको दोस्रो अर्बपति बन्न सफल भएका हुन् ।

गत मे २३, २०२१ मा मात्रै अडाणीको कूल सम्पत्तिमा करिब ८० खर्ब ४८ अर्ब रूपैयाँ वृद्धि भएको थियो । कोरोना महामारीका बावजुद सन् २०२१ को पहिलो चार महिना २२ दिनमा उनको सम्पत्तिमा झण्डै ४१ खर्ब वृद्धि भएको थियो ।

सालानाला यस वर्ष अडाणीको हरेक घण्टा एक अर्ब २० करोड आम्दानी गरिरहेका छन् । गत वर्ष उनको कूल सम्पत्ति १० खर्ब ३९ अर्ब रूपैयाँ मात्रै रहेको थियो ।

करिब ४२ वर्षदेखि व्यापार सुरू गरेका अडाणीको कारोबारमा पछिल्लो एक वर्षमा यति ठूलो सफलता आएको हो । उनले विभिन्न उद्योग तथा कारखानामा लगानी गरेका छन् । एलेन्सी

Advertisement

प्रतिक्रिया