बिहीबार, वैशाख १३, २०८१

चीनको सिछुवानका संस्थाद्वारा नेपाललाई पिपिइ र मास्क प्रदान

मेरोन्यूज २०७८ जेठ १५ गते १०:०९

काठमाडौं । चीनको सिछुवान प्रान्तका दुई संस्थाले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

सो प्रान्तको अन्तर्राष्ट्रिय जनमैत्री संघ तथा छन्तु एआइडिआइ आँखा अस्पतालले एक लाख मास्क र एक हजार पिपिइ छन्तुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलाई शुक्रबार हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रमा महावाणिज्यदूत घिमिरेले कोभिड–१९ को महामारीविरुद्ध लड्न सहयोग पुग्ने सामग्री उपलब्ध गराएकामा धन्यवाद दिंदै भर्खर स्थापना भएको नेपाली नियोगले दुबै देशबीचको स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप प्रवर्दन गर्ने विश्वास दिलाए ।

यस्ता सहयोग आदान प्रदान कार्यले दुवै देशबीचको सम्वन्ध जनस्तरमा समेत सुदृढीकरणमा थप योगदान पुग्ने उनको भनाइ थियो ।

अस्पतालकी प्रमुख कार्यकारी अधिकृत चाङ यौले आँखा उपचारको क्षेत्रमा अस्पतालले नेपालमा कैयौं परियोजना सञ्चालन गरेको जानकारी दिंदै अनुदानमा दिइएका सामग्री कोरोनाविरुद्धको लडाईँमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा जनमैत्री संघका महासचिव सियाङ छियोङह्वा, वाणिज्यदूत रीचा भट्टराई, छन्तु नगरपालिका स्वास्थ्य परिषद्की शन तान तथा अस्पतालका अन्य पदाधिकारीको सहभागीता रहेको महावाणिज्यदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया