शुक्रबार, वैशाख १४, २०८१

बजेट अध्यादेश सार्वजनिक गर्ने तयारीका लागि मन्त्रिपरिषद बैठक बस्दै

मेरोन्यूज २०७८ जेठ १५ गते ९:३७

काठमाडौं । बजेट अध्यादेश सिफारिशका लागि मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिश गर्नेछ । राष्ट्रपतिले स्वीकृति प्रदान गरेपछि अपराह्न चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् ।

चौतर्फी दबाबकाबीच पूर्ण आकारको बजेट ल्याउने सरकारको तयारी छ । प्रतिनिधिसभा विघटन भएको र जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको सरकारले जनाएको छ ।

यस वर्षको बजेट स्वास्थ्य क्षेत्र केन्द्रित हुने यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले बताइसकेका छन् । आफ्नो कार्यकालमा अघि बढाइएका विकास निर्माणका कामलाई पनि बजेटमा निरन्तरता दिने ओलीको भनाइ थियो ।

डेढ महिनाअघि उनले यसपालि वृद्ध भत्ता बढाउने घोषणा पनि गरेका थिए ।

प्रतिक्रिया